Laparoscopyकाठमाडौं । मुलुकमा शल्यक्रिया गर्दा कति हदसम्म लापरबाही हुने गरेको छ, त्यसको पछिल्लो शिकार भएकी छन् मेरिस्टोप क्लिनिकद्वारा स्थायी बन्ध्याकरण (ल्यापरेस्कोपी) गराएर ज्यान गुमाएकी सप्तरीको नेगरा गाविसकी सुधीरादेवी यादव ।

सुधीराको मंगलबार राजधानीको नर्भिक अस्पतालमा मृत्यु भएको हो । उनलाई अघिल्लो बुधबार उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

सुधीराको ३८ दिनअघि सप्तरीको बसाईन इलाका जनस्वास्थ्य कार्यलय अन्तरगत मेरिस्टोप क्लिनिक टोलीले स्थायी बन्ध्याकरण गरेको थियो ।

‘स्थायी बन्ध्याकरण गर्ने बेलामा सम्भवतः आन्द्रा काटिएर पेटमा तिव्र संक्रमण भएपछि विभिन्न चिकित्सकीय प्रयासका बाबजुत नियन्त्रण हुन नसकी उनको मृत्यु भएको हो’ नर्भिकका वरिष्ठ शल्य चिकित्सक डा.ऋषिकेश नारायण श्रेष्ठले भने, ‘शल्यक्रियापछि आन्द्राबाट दिसा पेटमा पोखिएपछि बिरामीलाई सेप्सिस (संक्रमण) भएको हुन सक्छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु