India-vs-Afghanistan-warm-up-match-live-10th-Feb२७ माघ, काठमाडौं । रोहित शर्माको शतकको मदतमा भारतले विश्वकप क्रिकेटको अभ्यास खेलमा अफगानिस्तानलाई पराजित गरेको छ ।

सन् २०१४ को नोभेम्बरदेखि अष्ट्रेलियामा रहेको भारतले पहिलो जित हात पार्ने क्रममा अफगानमाथि १५३ रनको भारी अन्तरको जित हात पारेकेा हो।

एडिलेड ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ओपनर रोहित शर्माको १५० रनको प्रेरणादायी इनिङमा ५ विकेटको क्षतिमा ३६४ रन बनायो । १२२ बलको सामना गरेका शर्माले १२ चौका र ७ छक्का प्रहार गरे ।

अजिन्क्या रहानेले अविजित ८८ रन बनाए । सुरेश रैनाले ७५ बनाए ।

अफगानिस्तानका हमिद हसान, दौलत जादरान, सापुर जादरान र मोहम्मद नाबीले समान १-१ विकेट लिए ।

३६५ रनको लक्ष्य पक्ष्याएको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २११ रन मात्र बनाउन सक्यो ।

उसका लागि पूर्व कप्तान नोरज मंगोलले ६० र उसमान घानीले ४४ रन बनाए । मंगोलले ८५ बलको सामना गर्दा २ चौका र २ छक्का प्रहार गरे ।

भारतका मोहित शर्मा र रबिन्द्र जडेजाले समान २-२ विकेट लिए ।

सम्बन्धित खबरहरु