1-1
जनबोली २८ माघ, काठमाडौ । मिस्टर नेपालको १३ औँ संस्करण्ँका प्रतियोगीहरु अन्तिम प्रतिस्पर्धाको तयारीमा जुटेका छन् ।

देशका प्रमुख शहर काठमाडौ ,पोखरा, बिराटनगर, चितवन, धरानलगायतका शहरमा सम्पन्न पहिलो चरणको अडिसनबाट छानिएका ४० युवा फागुनको अन्तिमसाता हुने अन्तिम प्रतिस्पर्धाका लागी बन्द प्रशिक्षणमा जुटेका हुन् ।
कोरियोग्राफर चादनी लामिछानेले उनिहरुलाई गाईड गरिरहेकी छन् भने प्रशिक्षणका क्रममा उनिहरुलाई स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गुरमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण भइरहेको आयोजक एक्सपोज नेपाल डटकमका अध्यक्ष दिनेश शाहीले बताए ।
युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य रहेको प्रतियोगीतामा १८ बर्ष देखि ३५ बर्षसम्मका प्रतियोगीले सहभागिता जनाएका छन् ।

प्रतियोगीतामा शिर्ष सहित १६ विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगीताको बिजेताले शिर्ष उपाधिका चलचित्र ,म्युजिक भिडीयो अभिनय अवसरका साथै बिभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित खबरहरु