Airport-Ma-monkey२९ माघ, काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बाँदर र कुकुर आतंक छाएको छ । पशुपति वनकाली क्षेत्रबाट दैनिक हूलका हूल बाँदर छिर्न थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीलाई बाँदर लखेट्न भ्याइ नभ्याइ हुन थालेको छ ।

त्यहाँका जनावर एवं चरा धावनमार्गमा जान नदिने कार्यमा खटिएका सुरक्षाकर्मी (साप सुटर) बेलाबेलामा विमानस्थलभित्रै पस्ने बाँदर लखेट्दा लखेट्दै थाकिसकेका छन् । बाँदर आतंककै कारण अहलिे वायुसेवा सञ्चालक कम्पनीहरुलाई पनि ह्यांगर पार्किङ गरी राखिएका आफ्ना जहाज जोगाउन हम्मे-हम्मे पर्दै गइरहेको राजधानीमा खबर छ ।

गत आइतबार नेपाल वायुसेवा निगमले युरोपियन जहाज उत्पादक कम्पनी एयरबससँग खरिद गरेको ए ३२०-२०० सिरिजको नयाँ जहाज भित्र्याउन भइरहेको कार्यक्रममा पनि विमानस्थलको ह्यांगरको छानामा बाँदर पसेर धावनमार्ग छेउमा परेड खेलेको थियो ।

विमानस्थलमा पार्किङ गरिराखेको जहाजभित्र पसेर सिट च्यातिदिने, तार चुँडालिदिने एवं धावनमार्ग नै छेकिदिनेजस्ता समस्याले विभिन्न वायुसेवा कम्पनीका सञ्चालकहरु ऋाजित भएका छन् बाँदरकै कारण कुनै पनि बेला ठूलो दुर्घटना हुने त्रासले उनीहरु आतंकित पनि छन् । बाँदर आतंकको पीडा सबैभन्दा बढी फिस्टेल, डाइनेस्टी, माउन्टेन र सिमि्रक एयरले भोगिरहेको छ ।

सम्बन्धित खबरहरु