13527381_h22199381एजेन्सी । तपाई अन्य मानिसहरुजस्तै फेसबुकको क्रेजी हुनुहुन्छ भने सावधान हुनुहोस् ।

तपाईका साथी अथवा नातेदारसँग जोडिने साझा मञ्च बनेको सामाजिक सञ्जालले इष्र्याको भावना जगाएर उदास बनाउन सक्ने खतरा रहन्छ । तपाई फेसबुकलाई कसरी प्रयोग गर्नुहुन्छ र कस्ता प्रक्रियाक्रिया दिनुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

मिसौरी विश्वविद्यालयका सोधकर्ताको एक अध्ययनपछि यस्तो जानकारी दिइएको हो । जर्नल कम्प्युटरर्स इन ह्युमन बिहेबियरमा यो अध्ययन प्रकाशित गरिएको छ ।

यसबाट बच्नका लागि फेसबुक प्रयोगको समयमा मनमा पैदा हुने भावनालाई लिएर सतर्क हुनुपर्ने जनाइएको छ ।

मिसौरी विश्वविद्यालयकी कोलम्बिया स्कुल अफ जर्नालिज्ममा सामरिक सञ्चारकी प्राध्यापक मारग्रेट डफीले सामाजिक सञ्जाल आफ्ना परिवारसँग जोडिने र महत्वपूर्ण कुराहरु सार्वजनिक गर्न फाइदा उठाउनका लागि फाइदाजनक भएको बताएकी छन् ।

सम्बन्धित खबरहरु