shreya-ghosal-biheजादुयी स्वरकी धनी गायिका श्रेया घोषाल विवाह बन्धनमा बाँधिएकी छिन् । उनले आफ्नो बचपनको साथी शीलादित्यसँग लगनगाँठो कसेकी हुन् । शीलादित्य एक वेबसाइटका संस्थापक हुन् । श्रेयाले आफ्नो लामो समयदेखिको प्रेमलाई बिहेमा परिणत गरेको फेसबुक मार्फत जानकारी दिएकी छिन् । ‘मैले आफ्नो प्रेमी शीलादित्यसँग परिवार र साथीहरुको उपस्थितिमा विवाह गरेँ ।

नयाँ रोमाञ्चक जीवनको पर्खाइमा छु,’ उनले ट्वीट गरेकी छिन् । यसअघि नै ३० जनवरीमा श्रेयाले यसबारे संकेत गर्दै ट्वीट गरेकी थिइन्, ‘थाहा छैन म बहुत नर्भस् छु कि साह्रै उत्साहित । यस्तो महसुस पहिले कहिल्यै भएको थिएन । मेरो बारेमा जे हुँदैछ, त्यो म छिट्टै भन्ने छु । मलाई तपाईंहरुको माया र आशिर्वादको खाँचो छ ।

सम्बन्धित खबरहरु