अनौठो संस्कार- राम्रो केटा पाउन कन्याहरुको शिर मुण्डन

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार २९ माघ, २०७१

africa-1अफ्रिकालाई विश्वको चिडियाखाना त्यसै भनिएको होइन । यहाँ जैविक विविधताको उच्चतम रुप मात्र होइन मानवीय विविधता पनि पाइन्छ । यहाँका कतिपय आदिवासी जनजातिहरुको संस्कार तथा रितिथितिका बारेमा सुन्दा पनि अनौठो लाग्छ ।

अफ्रिकाको केन्या, इथिओपिया तथा सोमालिया लगायतका देशमा झण्डै ५ लाखको संख्यामा बसोबास गर्ने बोराना आदिवासी पनि यस्तै अनौठो तथा रोचक आदिवासी समुदाय हो ।

अनौठो यस अर्थमा की यो समुदायका अविवाहित कन्याहरुको शिर मुण्डन गरिन्छ । विवाह नभएका युवतीहरुको टाउकाको मध्य भागमा गोलो आकारमा कपाल खौरिने चलन छ ।

अविवाहित कन्याहरुको यसरी बिचपाटे मुडेमा उनीहरुले राम्रो वर पाउने र घरबार पनि राम्रो हुने मान्यता यो आदिवासी समुदायमा रहेको छ ।

विवाह अघिसम्म यो आदिवासी समुदायका कन्याहरुमा आफ्नो कपालमाथि पूर्ण अधिकार हुँदैन भनेपनि हुन्छ । अभिभावकहरुले छोरीको सफल दाम्पत्य जिवनको लागि भन्दै छोरीको कपाल बीच भागमा खौरिदिने तथा अन्य भागको कपाल पनि खासै लामो बढ्न दिँदैनन् । विवाहपछि मात्र युवतीहरुले आफ्नो कपाल आफुखुसी बनाउन पाउँछन् ।

विवाहपछि भने युवतीहरुले आफ्नो कपाललाई चमकदार तथा नरम बनाउनका लागि घिउ लेपन गर्दछन् ।
अर्को रोचक कुरा त के भने यो समुदायका मानिसहरुले फोटो खिचाउन आनाकानी गर्छन् । फोटो खिच्दा जिउको रगत कम हुन्छ भन्ने विश्वास यिनीहरुमा छ ।

africa-2

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७