Mother faintबर्दिया । बोल्दा बोल्दै आमा स्वरुपा मुर्छित हुन्छिन् । ‘मेरी छोरी…’ भन्दै छिनछिनमा बेहोस हुन थालेपछि आफन्तलाई सम्हाल्न मुस्किल परिरहेको छ ।

मानसिक समस्याको उपचारका लागि भारतको हरियाणा पुगेकी माइली छोरी मीना सुनारको बलात्कार पछि हत्या भएको खबरपछि स्वरुपा राम्रोसँग होसमा आउन सकेकी छैनन् ।

उपचारका लागि भारतको हरियाणा प्रान्तको रोहतक पुगेकी बर्दिया राजापुर १० टेडियाकी मीनाको बलात्कारपछि हत्याले परिवारमात्र होइन सिंगो गाउँ शोकमग्न छ ।

मोतीरामकी छोरी २८ वर्षीय मीनालाई ९ युवकले बलात्कार गरेका थिए । गुप्तांग, यौनांग र टाउकोमा ढुंगा र छडले हानेर हत्या गरी खेतमा फालेको अवस्थामा फेला पारिएको बहिनी ज्वाई कमल बिकले बताए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु