मन्थली । सम्पत्ति कमाउन मलेसिया पुगेका रामछाप मझुवाका यज्ञबहादुर मानन्धर तीन महिनादेखि नारकीय जीवन बिताउँदै आएका छन् ।

गएको तीनदिनसम्म खान समेत नदिई चरम यातना भोग्नुपरेका मानन्धर अब घर फर्किन चाहन्छन् तर उपाय भेटिरहेका छैनन् ।

मैले नेपाल फर्कन आफन्तलाई फोन गरेको अभियोगमा कम्पनीमा कार्यरत चाइनिज कामदारले मुक्कैमुक्का हानेर कपडा च्यातिदिएको उनले बताए ।

उनीसँग मझुवाकै गणेश मानन्धर, कञ्चनपुरका शेरबहादुर चनरो, महोत्तरीका सुरेन्द्रबहादुर चनरो र चुलहाईसिं थारु छन् । उनीहरु सबै तीनकुनेको डमरु म्यानपावरबाट मलेसिया गएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु