Nepal_Police_Insignia_20140220091129

जनबोली/ १ फागुन, काठमाडौ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३८ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले ३८ जनाको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको एक नम्बरमा रेशम पराजुली छन् भने अन्तिम ३८ नम्बरमा कुमोद ढुंगेल छन् ।

ढुंगेलको नाम अन्तिम घडीमा अंगद बिसीको नाम हटाएर राजनीतिक दबाबमा थपिएको स्रोतले जनाएको छ ।

राजनीतिक दबाब र प्रहरी उच्च अधिकारीहरुको रुचीका कारण केही बरिष्ठतामा परेकाको नाम कटाएर कनिष्ठलाई बढुवा गरिएको छ ।

बरिष्ठतामा पराजुलीपछि अपिल बोहोरा र गौतम कुमार केसी छन् ।

dsp1

dsp2

सम्बन्धित खबरहरु