gautam-buddhaजनबोली/१ फागुन, इलाम । इलामको पशुपतिनगर–८ स्थित बौद्धधाममा बौद्धपार्क निर्माण हुने भएको छ । सरकार तथा स्थानीय बासिन्दाको लगानीमा पार्क निर्माण हुने भएको हो ।

बौद्धधर्म परम्पराअनुसार बिहीबार पूजाको आयोजना गरेर पार्क निर्माणको शिलान्यास गरिएको छ । पार्क निर्माणको काम चाँडैनै सुरु गरिने गौतमबुद्ध स्मृति प्रतिष्ठान बौद्धधामका अध्यक्ष लाकेल लामाले बताए।

बौद्धपार्क निर्माणका लागि स्थानीय डिल्लीमाया कार्कीले रु पाँच लाख मूल्य पर्ने दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएकिछन् । अपुग रहेको तीन रोपनी जग्गा प्रतिष्ठानले खरिद गरिसकेको अध्यक्ष लामाले जानकारी दिए ।

जिल्ला विकास समितिको रातो किताबमा समेत समावेश भएको पार्क निर्माणका लागि चालु वर्षमा रु आठ लाख विनियोजन भई सम्झौता भइसकेको प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खबरहरु