ashyramजनबोली/१ फागुन, भद्रपुर । श्रीकृष्ण द्वैयापन गुरुकुल वेदविद्याश्रम बालबालिका नैतिक शिक्षा तथा ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्र भद्रपुरको लागि केही महानुभाव एवम् सङ्घ–संस्थाको आर्थिक सहयोगबाट केन्द्रमा निकै सुधार आएको जनाएको छ ।

सो आश्रममा भौतिक जग्गा र संरचना प्रशस्त भए पनि आर्थिक स्रोतको अभावमा समस्या झेलिरहेको थियो । आश्रमका लागि सिप्रदीयन सहायता संस्थाले २०६९ सालदेखि मासिक रु १२ हजार, सञ्जय गोयलले पूजा सामग्रीका लागि वार्षिक रु १२ हजार, रमेश सरिया परिवारबाट बटुकहरुको पढाइ एवम् दूध दहीको सेवनका लागि लैनु गाई र सोलार पावरको व्यवस्था गरिदिएको छ ।

यस्तै लेखनाथ भट्टराईले अतिरिक्त कमाइबाट १० प्रतिशत गुरुकुललाई दिने अठोट लिई रु १५ हजार, उहाँकै छोरा पुष्पराजले रु ४५ हजार सहयोग प्रदान गरेको केन्द्रका अध्यक्ष दिव्यप्रसाद भट्टराईले जानकारी दिए।

काठमाडौं रातोपुल निवासी जीवन र स्मृति भट्टराईबाट कम्प्युटर र प्रिन्टर, लायन्स क्लब अफ भद्रपुरले रु १७ हजार तथा चन्द्रगढी– ५ स्थित आमा समूहबाट एक थान दराज उपलब्ध गराएको केन्द्रले जनाएको छ ।

सम्बन्धित खबरहरु