apangataजनबोली/१ फागुन, भद्रपुर । अपाङ्गता भएका व्यक्तिको शारीरिक पुनःस्थापना सम्बन्धी सरोकारवालाको भूमिका विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रम विहिबार यहाँ सम्पन्न भएको छ ।

सिविआर विराटनगरको आयोजनामा सम्पन्न कार्यक्रममा वक्ताहरुले शारीरिक मात्र नभएर सबै प्रकारका अपाङ्गता भएकालाई राज्यले सेवा र सुविधा उपलब्ध गराउनुपर्ने, अपाङ्गलाई सपाङ्गसरह व्यवहार गरिनुपर्नेमा जोड दिएका छन् ।

अपाङ्ग महासङ्घ झापाका अध्यक्ष खगेन्द्रबहादुर भट्टराईको सभापतित्वमा भएको सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रोहितराज पोखरेल, महिला विकास अधिकृत तारा अधिकारी, महासङ्घ सचिव ऋषि चापागाईं लगायतले बोलेका थिए ।

सम्बन्धित खबरहरु