Bibhajit maobaadiकाठमाडौं । आजभन्दा २० वर्षअघि एकै रात तीन ठाउँ रोल्पा, सिन्धुली र गोरखाका प्रहरीचौकी र कृषि विकास बैंक कब्जा गरी २०५२ फागनु १ गते जनयुद्ध सुरु गरेर संविधानसभासम्म आएको माओवादी २० औं जनयुद्ध दिवससम्म आइपुग्दा खण्डित र दुविधाग्रस्त पाँच समूहमा विभाजित भएको छ।

शान्तिप्रक्रिया र संविधान निर्माणलाई उच्च प्राथमिकता दिँदै २०६३ असार ३ गते प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेको माओवादी अहिले आएर संविधान निर्माण ओझेलमा पार्दै पुनस् क्रान्तिका नाममा संविधानसभा, सडक र जंगल केन्द्रित हुन पुगेको छ ।

उनीहरूबीच पुनस् आत्मसमीक्षा र जनयुद्धका नाममा पार्टी एकीकरण प्रयास भए पनि उपलब्धि शून्य छ ।

एमाओवादी (प्रचण्ड), नेकपा-माओवादी (वैद्य), नेकपा माओवादी (विप्लव), नेकपा (माओवादी) मातृका र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (मणि थापा) ले शुक्रबार छुट्टाछुट्टै रूपमा राजधानीका विभिन्न स्थानमा जनयुद्ध दिवस मनाउँदै पुनस् क्रान्ति गर्ने प्रतिबद्धता जनाए ।

जनयुद्ध दिवसको मञ्च एकअर्काको आलोचना गर्न पनि खर्च गरे खण्डित माओवादीहरूले। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु