mortherजनबोली/२ फागुन, राजविराज  । आफ्ना तीन सन्ततीको हत्यामा आफु दोषी रहेको एक आमाले स्विकार गरेकी छन् ।

सप्तरीको तेरहौता गाविस ३ की २६ वर्षीया कुडी भनिने सजनदेवी सदाले आफ्नै कोखबाट जन्मेका ६ वर्षीय नन्दनी ६ वर्षी सन्तोष सदा, तीन वर्षीया नन्दनी र ६ महिनाकी अञ्जलीलाई आफैँले हत्या गरेको बयान दिएकी छन् ।

घाम्टी निमोठी हत्या गरेर फालिएको अवस्थामा सप्तरीको बैरबा गाविस ३ स्थित कोसी नदीको पश्चिम तटबन्धको पूर्व जमेको पानीमा लहरै तीन तीन बादबालिकाको शव पुस ११ गते फेलापरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पानीमा तीनजना छोराछोरीको लास तैरिएको फेला परे पनि सँगै रहेकी आमा सुनसरी जिल्लाको हरिपुर गाविस १ मा देखिएपछि गत माघ २ गते प्रहरिले पक्राउ गरेको थियो ।

आरोपितले आफू विरामी परेको, छोराछोरीले खान नपाएको, ससुराले कुटपिट गर्नुका साथै बलात्कार गरेको, ससुराको अत्याचारले पतिलाई सुनाउँदा विश्वास नगरेकाले छोराछोरीलाई मार्ने र आफू पनि मर्ने सोचाइले पालैपालो तीन छोराछोरीको हत्या गरेको बताइन ।

सम्बन्धित खबरहरु