sukumbasi-ko-bhidरसुवा, ३ फागुन । सुकुम्बासी समस्या समाधान आयोगको कार्यालयले जारी गरेको सुचनाअनुसार आवेदन दिएका किसानहरू जग्गा पाउने आशामा कार्यालय धाउन थालेका छन् ।

सुकुम्बासी समस्या समाधान आयोगको कार्यालय रसुवामा आवेदन दिने किसानहरू जग्गा पाउन आशाले दिनहु कार्यालय धाउन थालेका हुन् । रसुवाको लहरेपौवा, धैबुङ्ग, भोर्ले, डाडाँगाउँ, धुन्चे, स्याफ्रु, गत्लाङ, चिलिमे गाविसका गरिब किसान र दलित गरी कुल ३ सय ५० परिवारले सुकुम्बासी, भूमिहिन, अब्यवस्थित बसोबासी भएको भन्दै धुन्चे स्थित कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

स्थानीय किसानहरूले दिनहुँ कार्यालयमा आएर जग्गा कहिले पाउँछौं भन्दै सोध्न गरेको डाडाँगाउँ गाविस सहायक आशाकाजी गुरुङले बताए । सर्वोच्च अदालतको आदेशले कुनै काम नगर्न भनेपछि मालपोत तथा बिभिन्न कार्यालयबाट खटिआएका कर्मचारीहरू फर्केका छन् ।

सर्वोच्च अदालतको आदेशले काम रोकेकोले कार्यालय जना छाडेको र किसानका समस्या समाधानका लागि परेका आवेदनको छानविन गर्न नसकेको सुकुम्बासी समस्या समाधान जिल्ला समिति रसुवाका सदस्य तथा जिल्ला भूमिअधिकार मञ्चका अध्यक्ष चित्रकुमारी न्यौपानेले बताइन् ।

सम्बन्धित खबरहरु