Toiletजनबोली/३ फागुन, बेलाैरी । गरिब, अशिक्षा, जनचेतनाको अभावका कारण कञ्चनपुरमा ३० प्रतिशत नागरिकले शौचालय प्रयोग नगरेको एक तथ्याङ्कले देखाएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कञ्चनपुरको तथ्याङ्कमा ७० प्रतिशत नागरिकले मात्रै शौचालय प्रयोग गर्दै आएका छन् । जिल्लाभरि त्रियासी हजार तीन सय ३० घरधुरी मध्ये यही माघसम्ममा उनन्पचास हजार अाठ सय ५५ घरधुरीमा शौचालय निर्माण गरिएका छन् ।

सदरमुकाम क्षेत्रमा खानेपानीको व्यवस्था र दक्षिणी क्षेत्रमा भूमिगत ट्युबेलको माध्यमबाट खानेपानीको व्यवस्था छ । दक्षिणी क्षेत्रमा आर्सनिकयुक्त पानीको समस्या भएको डिभिजन कार्यालय कञ्चनपुरका शाखा अधिकृत गौराजबहादुर लिम्बूले जानकारी दिए । लिम्बूका अनुसार जिल्लामा विगतको भन्दा धेरैले शौचालय बनाएका छन् ।

शौचालय बनाउन बाँकी रहेका परिवारलाई पनि शौचालय निर्माणका लागि अग्रसर गराइने छ । जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले सन् २०१५ भित्रै कञ्चनपुरलाई खुलामुक्त घोषणा गर्ने रणनीतिअनुसार शौचालय बनाउन बाँकी रहेकाको घरमा शौचालय बनाइने छ । ‘अति विपन्न परिवारका लागि शौचालय निर्माणमा केही अनुदान दिएरै भए पनि शौचालन निर्माण गर्छौं’-लिम्बुले भने ।

सम्बन्धित खबरहरु