Baburamजनबोली/३ फागुन,  सुर्खेत । एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले०को शीर्ष नेतृत्वले बृहत् शान्ति सम्झौतामा उल्लेख भएका कुराहरु र तीनको मर्मलाई आत्मसात् नगरी बहुमतको दम्भ देखाएर अघि बढ्न खोजेकै कारण संविधान निर्माण प्रक्रिया अलपत्र परेको बताएका हुन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति शिक्षण समिति सुर्खेतले आयोजना गरेको ‘भूमण्डलीकृत विश्वको अन्तर्राष्ट्रिय सम्बन्ध र माक्र्सवादी अवधारणा’ विषयक व्याख्यान कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले काँग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता नभएका र शान्ति सम्झौताका पक्षमा समेत नरहेका कारण सम्झौतामा उल्लेख भएका कुराहरुलाई आत्मसात् गरी सहमतिका आधारमा संविधान निर्माण प्रक्रियामा अघि बढ्न नसक्दा शान्ति प्रक्रिया नै भङ्ग हुने अवस्थामा पुगेको आरोप लगाए।

व्याख्यान सभामा उपाध्यक्ष भट्टराईले भारत र चीन दुई एकाधिकार पूँजीवादी शक्तिहरुले नेपालमा भएका बहुमूल्य सम्पदामा आँखा गाडिरहेको र मुलुकको आन्तरिक राजनीतिमा समेत दुई शक्तिशाली देशहरुले हस्तक्षेपकारी भूमिका खेल्दै आइरहेकाले तथा चीन र भारतको क्रीडास्थलका रुपमा नेपाल स्थापित हुँदै गइराखेकाले राष्ट्रिय स्वाधीनता रक्षाका लागि सम्पूर्ण सचेत राष्ट्रवादी शक्तिहरु एक भएर लाग्नुपर्ने बताए।

विश्वमा पुूँजीवादी राष्ट्रहरुले विभिन्न बहानामा कमजोर राष्ट्र र वर्गलाई कब्जामा लिँदै अघि बढ्न थालेको र वस्तु उत्पादन तथा पुँजी निर्माणका सम्बाहक श्रमिक वर्गको श्रमको शोषण गरेकाले शोषित र शासक वर्गबीचको वर्ग सङ्घर्षका कारण विश्वमा शान्ति स्थापना हुन नसकेको जिकिर उपाध्यक्ष भट्टराईले गरे।

साम्राज्यवाद र पुँजीवादको विकसित रुप नै भूमण्डलीकरण भएकाले समाजवादी सिद्धान्त र व्यवस्थालाई विश्वले आत्मसात् नगर्दासम्म हाल कायम रहेका २०० राष्ट्रबीच सुमधुर सम्बन्ध स्थापित हुन नसक्ने उनले बताए। रासस

सम्बन्धित खबरहरु