suprim-courtकाठमाडौं । सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति संगीता भण्डारीलाई पुनर्बहाली गर्न आइतबार सरकारलाई परमादेश दिएको छ ।

न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले भण्डारीलाई पूर्ववत् अवस्थामा पुनर्बहाली गर्न परमादेश जारी गरेको हो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ′असक्षम′ कारण देखाउँदै भण्डारीलाई बर्खास्त गरी उक्त पदमा प्राध्यापक डा. जयनारायण शाहलाई नियुक्त गरेको थियो ।

सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालले शाहको नियुक्ति बदर गरी भण्डारीलाई पुनर्बहाली गर्न परमादेश भएको बताए । चारवर्षे कार्यकाल बाँकी छँदै आफूलाई बदनियतपूर्वक बीचैमा उपकुलपतिबाट हटाइएको दाबीसहित भण्डारीले २०६९ पुस २२ गते सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु