gang_rapeकञ्चनपुर । पुनर्वास नगरपालिकामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । पुनर्वास नगरपालिका वडा नं – ५ उध्री की २० वर्रषीया एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको हो ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरबहादुर खड्काले दिनुभएको जानकारीअनुसार हिजो राति स्थानीयवासीको विवाह चलिरहेका बेला सात/आठजना युवकको समूहले ती युवतीलाई नजिकैको उखुबारीमा लगेर सामूहिक बलात्कार गरेका हुन् ।

पीडित युवतीको अचेत अवस्थामा कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा संलग्न मुख्य अभियुक्त गोविन्द रानासहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु