prachanda-babu1काठमाडौ । एमाओवादीले कांग्रेस सहमतिका आधारमा संविधान जारी गर्न सकरात्मक देखिएको दाबी गरेको छ ।

कांग्रेससित धेरै पटक अनौपचारिक वार्ता गरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवालगायत सहमतिका आधारमा संविधान जारी गर्ने पक्षमा सकरात्मक भएको बताएका छन् ।

दाहालले निकट नेताहरुसंग कुरा गर्दै कांग्रेस शिर्ष नेतृत्व शान्ति प्रक्रिया, जनआन्दोलनका सहयात्रीबीच सहमतिको आधारमा संविधान जारी गर्न सकरात्मक कुरा भएको बताएका छन् ।

पछिल्लो समय कांग्रेसका शिर्ष नेतृत्व सहमतिका आधारमा संविधान जारी गर्न सकरात्मक भएको पाएको छुु उनको भनाइ थियो, ′एमाले अध्यक्ष केपी ओलीलगायत बहुमतीय प्रक्रियाबाट संविधान गर्ने अडानमा छन् ।′

कांग्रेस नेतृत्व सकरात्मक भएर मात्र सहमति हुन नसक्ने उनको भनाइ थियो । एमाओवादीले एमाले नेता माधवकुमार नेपाल सहमतिमा संविधान जारी गर्न सकरात्मक रहेको एमाओवादी नेताको बुझाइ छ ।

त्यस्तै कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको भूमिका भने पछिल्लो पटक सकरात्मक नभएको एमाओवादीको आरोप छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु