salman-khanमुम्बई । एकातर्फ हरेक युवतीहरु बलिउडका दबंग खान सलमानसँग भ्यालेन्टाईन डे मनाउने सपना देख्छन् । तर हालै उनी एक रहस्यमयी युवतीसँग भ्यालेन्टाईन डे मनाईरहेको अवस्थामा देखिएका छन् ।

सलमानले यी युवतीसँग खिचाएका तस्वीरहरु अहिले सामाजिक सञ्जालहरुमा समेत अध्याधिक शेयर भइरहेका छन् ।

तस्वीरमा सलमान आफ्नी साथीलाई फूल दिइरहेको र जवाफमा युवतीले उनको गालामा किस गरिरहेको देखिएको छ । सलमान र यी युवती कालो रंगको ड्रेसमा देखिए ।

एक अर्कालाई फूल र किस दिएर मनाइएको यो भ्यालेन्टाईन स्पेशल भएपनि उनी को हुन् भन्ने बारेमा केही खुलेको छैन । जे होस् सलमानसँग देखिएकी यी युवतीको भ्यालेन्टाईन भने साँच्चै स्पेशल बन्यो ।

सम्बन्धित खबरहरु