कोठामा थुनेर राखिएका कामदारमध्येका एक रविन्द्र चौधरीले रुँदै भने, ‘सर, हामीलाई मार्ने धम्नी दिएको छ। पुलिस ल्याउँछु भनेको छ।’ कम्पनीको एक जना व्यक्ति आएर आफूँहरुलाई धम्काउँदै भनेको कुरा उद्धृत गर्दै चौधरीले भने, ‘तिमीहरु पत्रिकालाई खबर गर्ने? तिमीहरुलाई निस्कन दिँदैनौं। तिमीहरुलाई यहि भोकै राख्छौं। यस्तै गर्यौं भने तिमीहरुलाई मार्दिन्छौं।’
आर्का एक कामदारले आत्तिएको स्वरमा भने, ‘हामी बर्बाद भयौं। केही साथी बिरामी परेका छन्। कम्पनीले १६ दिनदेखि काम दिएको छैन। म्यानपावरले फोन पनि उठाउँदैन। हामीले फोन गर्दा मोबाइल स्विच अफ गर्छ।’ कामदारले सम्झौताअनुसार काम नदिएपछि ‘मेडिकल गर्दैनौं’ मात्र भनेका बताए। ‘कसैलाई घाँस काट्न लगाउँछ। कहिले के गर्न लगाउँछ। कतिलाई काम गर्नै दिएको छैन। सम्झौताअनुसार काम दिए हामी मेडिकल चेक गर्न तयार छौं,’ एक कामदारले भने।
यता मेनपावरले भने उनीहरुले यहाँबाट मेडिकल गरेर गएपनि कम्पनीले गर्ने मेडिकल चेक गर्न नमानेपछि समस्या आएको बताएको छ।
– See more at: http://nagariknews.com/main-story/story/33265.html#sthash.kVqJYA6N.dpuf