gagan_thapaजनबोली/५ फागुन, पाँचथर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाओवादी नेतृत्वको मोर्चा संविधानसभा छोडेर आन्दोलनमा जानुको कुनै तुक नभएको बताएका छन् ।

उनले सडकमा गएर हल्ला गर्दैमा संविधान नबन्ने भन्दै वार्ता र सहमतिबाट नै संविधान जारी गर्नुको विकल्प नभएको उल्लेख गरे ।

पाँचथरको फिदिममा दलित संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई मुठभेडमा जान नदिनका लागि सत्तापक्ष र विपक्षी दुवै लचक हुनुपर्ने बताए ।

एमाओवादी मोर्चामा भएका दलहरुको नै फरक फरक स्वार्थ भएको भन्दै उनले यो आन्दोलनले काँही पनि नपु¥याउने टिप्पणी गरे ।

‘सद्भावना अध्यक्ष राजेन्द्र महतो झापा लगायत तराईका जिल्लालाई स्वायत्त मधेस प्रदेशमा राख्नुपर्ने पक्षमाछन्, कुमार लिङदेन कुनै पनि हालतमा झापा लिम्बूवान हुनुपर्ने अडानमा छन् ।’ उनले भने, ‘यस्ता मान्छेलाई मोर्चामा राखेर आन्दोलन गर्नको अर्थ छैन ।’

जनताको अपेक्षा र जनमतअनुसार संविधानसभाबाट संविधानसभाबाट संविधान जारी गर्नका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।

सम्बन्धित खबरहरु