CPN_UML_officeकाठमाडौँ । केन्द्रिय सदस्यको मनोनयनमा नेताहरुबीच भागवण्डा नमिलेपछि बुधबार बस्ने भनिएको एमाले स्थायी समितिको बैठक स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले पनि मनोनितहरुको टुंगो लगाउन नसकेपछि स्थायी समिति बैठक स्थगित भएको हो ।

केन्द्रीय सदस्यमा मनोनयनका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भागवण्डा नमिलेपछि बैठक १० गतेसम्मका लागि स्थगित भएको हो ।

बैठकले नेताहरुको कार्यविभाजनबारे छलफल अघि बढाएको छ । सचिवालयको बैठकमा कार्यविभाजनको सैद्धान्तिक कुरामा छलफल भएको सचिव योगेश भट्टराईले बताए ।

यसअघि केन्द्रीय सदस्य मनोनयनका लागि दुबै पक्षका नेताले आ –आफ्ना दाबेदारी प्रस्तुत गरेका थिए ।

बरिष्ठ नेता माधवकुमार नेपाल रौतहटमा व्यस्त भएका कारण बैठक चार दिनका लागि स्थगित भएको हो ।

सम्बन्धित खबरहरु