baba-430x299कन्चनपुर । शिवरात्रीमा गाँजा खाएको सुरमा ज्यान मार्ने धम्की दिएपछि कन्चनपुरमा ४१ दिनदेखि उभिएर तपस्या गर्दै आएका खडेश्वर बाबालाई प्रहरीले पक्राउ गरेको छ ।

कञ्चनपुरको कालभैरव मन्दिरमा तपस्या गर्दै आएका ति नागाबाबाले मदिरा र लागुपदार्थ सेवन गरी मन्दिरका पुजारीलाई नै मार्ने धम्की दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

मदिराको सुरमा उनले मन्दिरमा तोडफोड र बितण्डा समेत मच्चाएका छन् । उनले मध्यरातमा मदिरा सेवन गरी यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ ।

आफूलाई भारतको केदारनाथका महन्त बनारसी गिरी नागाबाबा बताउने खडेश्वर बाबा नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने र शिव मन्दिरनजिकै कालभैरवको मूर्ति स्थापना गर्ने भन्दै पुस २० गतेदेखि तपस्यामा बसेका थिए ।

सम्बन्धित खबरहरु