nepal_rastra_bankकाठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकहरूले १३ अर्ब ७ करोड ८२ लाख रुपैयाँ नाफा गरेका छन् । यो नाफा अघिल्लो आवको यसै अवधि (साउन-पुस) को तुलनामा ४० प्रतिशतले बढी हो ।

सञ्चालनमा रहेका ३० वटा वाणिज्य बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा यो नाफा उल्लेख गरिएको छ। अघिल्लो वर्षको पुस महिनामा वाणिज्य बैंकहरूको नाफा नौ अर्ब ३६ करोड थियो ।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकमा भएको सेयर बिक्री गरेर दोस्रो त्रैमास अवधिमै तीन अर्ब ६० करोड नाफा कमाएका कारण समग्र वाणिज्य बैंकहरूको नाफामा बढोत्तरी आएको हो ।

सम्बन्धित खबरहरु