sagarmathaकाठमाडौं । सरकारले सर्वोच्च शिखर सगरमाथा आरोहणको रुट परिवर्तन गर्ने भएको छ। गत वर्षको वैशाख ५ गते सगरमाथा आधारशिविरमा गएको भीषण हिउँपहिरोमा १६ जनाले ज्यान गुमाएपछि यो वर्षदेखि रुट परिवर्तन गर्न लागिएको हो ।

सगरमाथा आरोही संघका अध्यक्ष वाङ्छु शेर्पाले सरकार र व्यवसायीबीच सहमति भई रुट परिवर्तनका लागि काम सुरु गरिएको जानकारी दिए ।

गत वर्ष हिउँपहिरोमा परेर ज्यान गएको बाटो यो वर्ष प्रयोग नगर्ने र नयाँ रुट खोल्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, आरोही संघ, सगरमाथा प्रदूषण नियन्त्रण समितिसहितका सरोकारवाला निकायबीच सहमति भएको छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ

सम्बन्धित खबरहरु