todfodकाठमाडौं । माघ ५ गते मध्यरातमा संविधानसभामा विपक्षी गठबन्धनद्वारा भएको तोडफोड छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक नगर्न एमाओवादीले दबाब दिएको छ ।

विपक्षी गठबन्धनको नेतृत्व गरेको एमाओवादीको दबाब र राजनीतिक वातावरण बिग्रन नदिन भन्दै संसद् सचिवालयले प्रतिवेदन सार्वजनिक नगरेको हो ।

एमाओवादी नेतृत्वले प्रधानमन्त्री, संविधानसभा अध्यक्षलगायतसँगको अनौपचारिक बैठकमा पनि प्रतिवेदन सार्वजनिक नगर्न आग्रह गर्दै आएको स्रोतले बतायो ।

सरकार पक्षले बहुमतीय प्रक्रियाबाट संविधान ले न प्रक्रिया अघि बढाउने निधो गरेपछि विपक्षी गठबन्धन संविधानसभामा तोडफोडमा उत्रिएको थियो।

सम्बन्धित खबरहरु