baidhyaफागुन, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले फेरि ३३ दलीय मोर्चालाई ब्यूँताउने प्रयास थालेको छ । तर, ३३ दलीय मोर्चाका केही दलहरु भने यतिबेला प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा आवद्ध भइसकेका छन् ।

बुद्धनगरमा १२ बजेपछि बस्ने बैठकमा ३३ दलीय मोर्चालाई ब्यूँताउनेबारे छलफल हुनेछ । संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभाको माग गर्दै सडक आन्दोलनको तयारीमा जुटेको माओवादीले विहीबार ३३ दलको बैठक बोलाएको   छ ।

नेताहरुका अनुसार बैठकका लागि यसअघि ३३ दलीय मोर्चामा रहेका सबै दललाई बोलाइएको छ । तर, १५/१६ दल मात्रै सहभागी हुने सम्भावना छ ।

बैद्य मोर्चामा रहेका संघीय लिम्बुवान नेपाल, समाजिक लोकतान्त्रिक पार्टीसहितका दलहरु एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा आवद्ध छन् । ती  दलहरु बैद्यको ३३ दलीय मोर्चामा नजाने मनस्थितिमा छन् । ‘हामीलाई पनि बोलाइरहेको रहेछ तर, ३० दलीय मोर्चामा भएकाहरुले नजाने निर्णय गरेका छौं’ एक नेताले भनेका छन् ।

सम्बन्धित खबरहरु