काठमाडौं  । नेपालमा होटेल र रेस्टुरेन्टमा चिनियाँ लगानी ह्वात्तै बढेको छ। उड्डयन, विमानस्थललगायत ठूला परियोजनामा लगानी गरिरहेको चीनले अहिले होटेल र रेस्टुरेन्टमा पनि वर्चस्व बढाउँदै लगेको छ ।

यसले पछिल्लो समयमा चिनियाँ लगानी नेपालको पर्यटन क्षेत्रमा केन्द्रित देखाउँछ ।

पछिल्लो एक वर्षमा नेपालमा चिनियाँ लगानीका ४९ वटा होटेल र रेस्टुरेन्ट खुलेका छन्। नेपालमा विदेशी लगानी सुरु भएयता हालसम्म चिनियाँ लगानीका साना पर्यटन उद्योगको संख्या दुई सय १३ पुगेको छ।

उद्योग विभागको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा चिनियाँ लगानीमा साना पर्यटन उद्योगमा ३३ अर्ब ८५ करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ। यसमध्ये चार अर्ब २१ करोड रुपैयाँ लगानी भइसकेको तथ्यांक छ।

नेपालमा होटेल रेस्टुरेन्ट क्षेत्रमा भित्रिएको विदेशी लगानीमा ९५ प्रतिशतभन्दा बढी चिनियाँ छ। बाँकी पाँच प्रतिशत नेपालीसँगको संयुक्त लगानी छ ।

विभागमा दर्ता दुई सय १३ चिनियाँ लगानीका उद्योगमध्ये एक सय २० वटा संयुक्त लगानीका छन्। बाँकी उद्योगमा चिनियाँको एकल लगानी छ। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु