शुक्रबार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ब्यापार घाटा सात खर्ब, ग्यास उद्योग मापदण्ड विपरित, कृषि मन्त्रालयले माग्यो ४४ अर्बको बजेट लगायतका खबर छापेका छन् ।

कारोबार दैनिकमा १० वर्षपछि खराब कर्जा उच्च, निगमको अडानपछि चिनियाँ जहाज कम्पनी लचिलो, वनजंगलको कार्बन ब्यापारमा नेपाल तयार, तामाकोसीको बाँध ६ महिनामा पूरा हुने, मृतक कामदारका सन्तानलाई छात्रवृत्ति, वैदेशिक रोजगार ब्यवसायीको चुनाव बैशाखमा, पीपीएको ५ प्रतिशत हर्जाना खारेज लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा ब्यापार घाटा सात खर्ब, भारतसँगको ब्यापारले पुँजी पलायनको खतरा, खाना पकाउने ग्यासको अभाव अझै हटेन, पर्यापर्यटनले महिलाको जीवनस्तरमा सुधार, मृत कामदारका परिवारलाई राहत, माथिल्लो मर्स्याङदी-ए को अवरोध हट्यो लगायतका खबर छन् ।

अभियान दैनिकमा ढल्केबर-मुजफ्फरपुर लाइनमा कण्डक्टर जडान सुरु, कृषि मन्त्रालयले माग्यो ४४ अर्बको बजेट, आर्थिक विकासका लागि खुला सिमानाको उपयोगमा जोड, चुनढुंगा खानीको केही आम्दानी गाविसलाई, संगम र भेन्टेकको सम्पत्ति खोज्न एनएमबीलाई आदेश, जापानको ब्यापारघाटामा उच्च संकुचन लगायतका खबर छन् ।

नागरिक दैनिकमा जापानमा नेपाली श्रमिकको सुविधा बढ्ने, आधा ग्यास उद्योग मापदण्डविपरित, म्याग्दीको टिमुर युरोपमा, कृषिमा कर लगाउँदै काभ्रे जिविस, विदेशमा गलैंचाको ट्रेडमार्क दर्ता गरिने लगायतका खबर छन् ।

आर्थिक दैनिकमा चार फाइनान्स आर्थिक संकटमा, लाइसेन्स फेरि पनि साक्षारलाई मात्र, आठ ठूला आयोजनाको अनुगमन युवा स्वयंसेवकले गर्ने, एभरेष्ट होटलका सञ्चालक विरुद्ध लागूऔषधको मुद्दा, सडक निर्माणलाई प्राथमिकता दिन निर्देशन लगायतका खबर छन् ।

nagarik-eco10 karobar-eco9 aviyan-eco10 annapurna-eco arthik-eco10

सम्बन्धित खबरहरु