Prachanda-in-Chakra-Bastola-house-430x316काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभन्दा अघिदेखि अचेत रहेका काँग्रेस नेता चत्र बास्तोलालाई उनकै निवासमा गएर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

सातदोबाटो खुमलटारस्थित बास्तोला निवासमै गएर उनले काँग्रेस नेता बास्तोलालाई बोलाएका थिए ।

बोल्न समेत नसक्ने बास्तोलालाई भेटेपछि उनले बास्तोलाले नेपालको शान्ति प्रक्रियाका लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

बास्तोला पत्नी कुसुमलगायतसँगको कुराकानीका क्रममा उनले दिल्लीमा भएको पहिलो वार्तादेखि बास्तोलाको घरमा भएको डिनरसम्मको स्मरण गरेका थिए ।

अध्यक्ष प्रचण्डले अहिले शान्ति प्रक्रिया संकटमा परिरहेका बेला बास्तोला जस्ता नेताको आवश्यकता खड्किएको बताए ।

मस्तिस्कघातपछि लामो समयदेखि अचेत रहेका बास्तोला बोल्न सक्दैनन् । उनको लामो समयदेखि घरमा उपचार र रेखदेख भइरहेपनि सार्थक बन्न सकिरहेको छैन ।

सम्बन्धित खबरहरु