ukraine protestएजेन्सी । आइतबारबाट युद्धविराम भएको भनिएको युक्रेनमा भइरहेको निरन्तर हमला प्रति संयुक्त राष्ट्रसंघले गम्भीर चासो व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले युक्रेनको पूर्वी भागमा युद्धविरामको अवस्थामा पनि विद्रोही पक्षबाट भएको हमलाप्रति चासो व्यक्त गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले गत आइतबार युद्धविराम गरिएको भनिएको युक्रेनको पूर्वी भू–भागमा सोही दिनदेखि नै हमला नरोकिएको र त्यसका कारण सो क्षेत्रमा कयौँ सैनिक र गैर सैनिकको ज्यान गएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

ukraine

गएको आइतबारदेखि युद्धविरामको प्रस्ताव गरिएको भए पनि युक्रेनमा हिंसा रोकिएको छैन । गएको २४ घन्टाभित्र त्यहाँ भएका हिंसामा परी कम्तीमा पनि २४ जना सैनिक मारिएको युक्रेनले जनाएको छ ।

सम्बन्धित खबरहरु