
उनले आफ्ना विचार लिएर जनतामा जान पाइने प्रजातान्त्रिक व्यवस्थामा हतियार उठाएर आन्दोलन गर्नुको कुनै औचित्य नरहेको बताउँदै उनले भने, ‘जनयुद्धका नाममा शासस्त्र आन्दोलन गर्नुको कुनै तुक छैन। सिद्धान्तका नाममा केहीको सनक मात्रै हो।’
उनले एमाओवादी नेताहरुले सद्भाव र सहमतिका लागि मिठा कुरा गरे पनि व्यवहार त्यस्तो नदेखिएको बताउँदै भने, ‘बाहिर सहमति र सम्वादका मिठा कुरा गर्ने एकछिनपछि आन्तरिक बैठक बसेर कसरी उत्पात मच्चाउन सकिन्छ भनेर रणनीति तयार गर्ने। यस्तो प्रवृत्ति ठीक भएन। उनको प्रश्न थियो, लोकतन्त्रप्रति अगाध आस्था छ भन्ने बहुमतीय प्रक्रियालाई नमान्ने, यो कस्तो लोकतान्त्रिक चरित्र हो ?
ओलीले संघीयताका नाममा देश टुक्राउने कुरा र एकजातीय कुरामा कुनै हालतमा सहमति गर्न नसकिने बताउँदै भने, ‘अरुमा सहमति गर्न सकिदैन। उनले आफ्नो अडान पुरा भएपछि मात्रै सहमति हुन्छ भन्ने प्रवृत्तिबाट सहमति संभव नहुने बताउँदै भने, मेरो टोपी र चश्मा कसैले लग्यो भनेर टोपी वा चश्मा लिएर विनविनको कुरा हुँदैन। दुवै कुरा लिएपछि मात्र विनविन हुन्छ।’