जनबोली/९ फागुन, काठमाडौ । प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा. को नेतृत्वमा ४ सदस्यीय भ्रमणदल संयुक्त अरव इमिरेट्सको अबुधाबी तर्फ प्रस्थान भएको छ ।
संयुक्त अरब इमिरेट्सको UAE Armed Forces sf Chief of Staff Lt. Gen. Hamad Mohammed Thani Al Rumaithi को निमन्त्रणामा भ्रमण गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाकाएको छ ।
प्रधानसेनापति राणा अबुधाबीको Abu Dhabi National Exhibition Center (ADNEC) मा १० गते देखि १४ गते सम्म आयोजना हुने “12th International Defense Exhibition, IDEX 2015″ मा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति राणालाई संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नुपूर्व सैनिक सम्मान स्वरुप सैनिक टुकडीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गरेको थियो ।
बलाध्यक्ष रथी प्रदिप विक्रम र रथीबृन्द तथा विदेशी नियोगका सैनिक सहचारीहरु विदायी गर्न विमानस्थल पुगेका थिए । प्रधानसेनापति राणा फाल्गुन १५ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
उहाँको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदिप विक्रम राणाले का.मु.प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन् ।