काठमाडौँ, १ चैत । महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले सबै किसिमका प्रविधिमा महिलाको समान पहुँच सुनिश्चित गर्न नेपाल सरकारले आवश्यक उपाय अवलम्बन गरेको बताउनुभएको छ ।

विश्वका महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६१ औँ बैठकको क्रममा आज न्युयोर्कमा आयोजित ‘प्रविधिबाट कार्यशैली परिवर्तनः महिलाको आर्थिक सशक्तीकरण वृद्धिमा प्रविधि र नवप्रवत्र्तनको उपयोग’ विषयको मन्त्रीस्तरीय गोलमेच सम्मेलनमा उहाँले महिलालाई आर्थिक रुपमा सशक्त तुल्याउन तथा गरिबी घटाउन, मानव विकास, सुशासनका साथै प्रभावकारी सेवा प्रवाहका निम्ति नेपालले ज्ञानमा. आधारित समाज र ‘डिजिटल नेपाल’ को परिकल्पना गरेको जानकारी दिनुभयो ।

राष्ट्र सङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्का त्यसअघि आयोगको उद्घाटन सत्रमा सहभागी हुनुभएको थियो । आयोगको मुख्य बैठकलाई मन्त्री खड्काले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ । रासस

 

सम्बन्धित खबरहरु