bal-dhungelकाठमाडौं । ओखलढुंगाका गणेश श्रेष्ठको हत्या अभियोगमा पूर्वसभासद बालकृष्ण ढुंगेललगायत एमाओवादीका नेता तथा कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा ब्युँतिएको छ ।

सरकारले सशस्त्र द्वन्द्वका सम्पूर्ण मुद्दा समाधान गर्न सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गरिसकेको अवस्थामा पुनरावेदन अदालत जनकपुरले कर्तव्य ज्यानसम्बन्धी उक्त मुद्दामा अनुसन्धानबारे जानकारी गराउन आदेश गरेको छ ।

गणेशका छोरा विजयले फागुन ६ गते आफ्ना पिताको हत्यामा संलग्नका सम्बन्धमा हालसम्म अनुसन्धान नहुनुको कारण जान्न पाउनुपर्ने माग गर्दै पुनरावेदन अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश सत्यराज गुरुङको एकल इजलासले १५ दिनभित्र सम्बन्धित सम्पूर्ण विवरण उपलब्ध गराउन जिल्ला प्रहरी कार्यालय रामेछाप र सरकारी वकिलको कार्यालयका नाममा शुक्रबार कारण देखाऊ आदेश जारी गरेको हो । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु