radha rajendraकाठमाडौं । उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा खारेजीमा परेका जलविद्युत् लाइसेन्स ब्यूँताउन ऊर्जामन्त्रीले दबाब दिए पनि आफूले नमानेको खुलासा गरेका छन् ।

व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिमा आइतबार ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीकै उपस्थितिमा उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले मन्त्रीको प्रस्ताव आफूले रोक्न खोजेको खुलासा गरेका हुन् ।

क्षेत्रीले भने, ′मन्त्रीज्यूले विद्युत् एनको दफा ३५ बमोजिम मन्त्रिपरिषद्मार्फत खारेजमा परेका आयोजनासित करार गर्न प्रस्ताव उठाउन भन्नुभएको थियो, मैले मेरो उपस्थितिमा प्रस्ताव बन्दैन भनें, यो प्रस्ताव मैले लगेको होइन।′

सचिव क्षेत्रीले यसो भनिरहँदा समितिका सभापति गगन थापाले प्रश्न गरे, ′सल्लाहमा लगेको ? ′ मन्त्रिपरिषद्मार्फत ब्यूँताउन लगिएका नौवटा आयोजनाका प्रस्ताव आफ्नो अनुपस्थितिमा मन्त्री ज्ञवालीले लगेको पनि सचिव क्षेत्रीले बताए। ′सल्लाहमा पनि लगेको होइन, भाग्यवश म त्यतिबेला (मन्त्रिपरिषद्मा प्रस्ताव जाँदा) देशमै थिइनँ।′  आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु