MG_6369-1024x683

जनबोली/११ फागुन हेटौँडा । नेपालका चर्चित गायक गायिकाहरु फागुन १६ गते हेटौँडाको हुप्रा चौरमा जमघट हुने कार्यक्रम रहेको छ । मकवानपुर जिल्लाको हटौडा लगायतका स्थानीयहरुले अनुपम स्वरका धनी गायक गायिकाबाट भरपुर मनोरञ्जन पाउने भएका छन् । हुप्रामा विशेष गरी नबिन के भट्टराई, सुगम पोख्रेल, गिरीस खतिवडा, इन्दिरा जोशी, कमल खत्री, आस्था बी लगायतका चर्चित गायक गायिकाहरुले आफ्नो प्रस्तुती पस्कने छन् ।

हुप्रामा हुने कार्यक्रम अर्थात् च्यारीटी सोमा हजारौँ दर्शक आउने आकलन गरिएको छ । फागुन १६ गते हुप्रा चौर गायक गायिकाको सुमधुर संगितमा व्यस्त हुनेछ ।  सांगीतिक कार्यक्रमबाट संकलन भएको रकमको ३५ प्रतिशत र सहभागी कलाकारको पारिश्रमिकबाट २५ प्रतिशत रकम दुबै मृगौला फेल भई उपचार गराईरहेका राजु सापकोटाकालागि खर्च हुने बताईएको छ । फेम नेपालले सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिन यो कार्यक्रमको आयोजना गरेको फेमका प्रवन्ध निर्देशक विमल पछाईले जानकारी दिए ।

सम्बन्धित खबरहरु