moneyकाठमाडौ । दातृ निकायबाट निक्कै उच्च सहायताको प्रतिवद्धता आएपनि सरकारको खर्च गर्ने क्षमता भने निराशाजनक वन्दै गएको छ ।

 बजेटको मध्यावधि समिक्षा गर्न सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री रामशरण महतले वैदेशिक सहायताको एतिहासिक रेकर्डसंगै खर्चको अवस्था निराशाजनक रहेको पनि बताए ।
यस बर्षको बजेटमा वैदेशिक सहायता तर्फ १ खर्ब २२ अर्ब ९१ करोड रुपैयाँ विनियोजन भएको मध्ये आधा वर्ष बितिसक्दा ६ प्रतिशत मात्रै खर्च भएको छ ।
समिक्षा अनुसार अनुदानतर्फ ८ दशमलव ४१ र ऋणतर्फ ४ दशमलव ९ प्रतिशत मात्र खर्च हुन सकेको हो । गत वर्ष पनि ६ महिनामा पनि खर्च ६ प्रतिशतकै हाराहारीमा थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु