बर्खे साउनको महिना तीनदिनको लगातार झरिपछि लागेको घामले लुगलुग परेका झारपात तङ्ग्रिदै थिए । लेकाली भूभाग जमिन जताततै लेऊ लागेको थियो । आँगनको डिलमा लागेका घाममा रमिलाले १३ महिनाको छोरालाई ओछ्यान लगाईदिएक थिइन् । धेरै दिनको झरिपछि खुलेको आकाश जस्तै छोरोपनि खुबै खुलेको थियो । खुशीले हाँस्दै रमाउदै बसिरहेको थियो ।

छोराको ओछ्यान नजिकै जुठेल्नामा रमिला जुठा भाँडा माझिरहेकी थिइन् । देवालीको दियो भित्र्याउने (मुलघर) रमिलाको घरमा खड्का गाँऊभरीका मानिस जम्मा भएका थिए । ससुरा र उनका श्रीमान् गाउँलेसँग खुबै गफिदै थिए । गाऊँघरको परिवेश खुबै रमाईलो थियो । त्यही बेला उनका देवारको आँखा रमिलाको छोरामाथी पर्यो । १३ महिने शिशुले आफ्नो गुम्ताङ्ग खेलाइरहेको थियो । गुप्ताङ्ग (लिङ्ग) उठेको थियो । उ पूर्ण उत्तेजनामा थियो । हेर न फुच्चे छिपिएछ ? रमिलाको देवारको आवाज आयो । सबैका आँखा फुच्चेमाथी नै पर्यो ।

सबै हाँस्न थाले । रमिलासँग लाज थिएन । भेला भएका अधिकांश कोही लाज मानेजस्तो गरेर शिशुलाई जिस्क्याईरहेका थिए । त्यतिकैमा रमिलाले अलि ठुलो स्वरमा भनिन् । सुसुरो नखेला बिरामी परिन्छ । उसले अझै टेरेन रमिला आफैले हात हटाइदिँदै चिन्ता लिईन् बिरामी पो हुने हो की ?

गाउँले अधबैशे केटाले रमिलालाई हेर्दै मलिन स्वरमा सुसुरो भन्दै जिस्क्याइरहेका थिए । तर रमिलाले त्यसलाई कुनै मतलब राखिनन् । किनकी त्यो मातृवात्सल्यता थियो ।

सम्बन्धित खबरहरु