२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

हृदयघातले कोरियामा अस्ताए विनोद, चार जना चेलीका एक्ला माइतीका अधुरै रहे कयौं सपना

काठमाडौं । दक्षिण कोरियामा रहेका एक नेपाली कामदारको दुःखद निधन भएको छ। पर्वतको जलजला गाउँपालिका स्थायी बसोबास भएका विनोद जिसिको हृदयघातका कारण मृत्यु भएको हो। गत शनिवार बिहानै आफू काम गरिरहेको कम्पनी बाहिर ‘मर्निङ वाक’ गरिरहेको बेला हृदयघात भएपछि उनको निधन भएको त्यहाँ रहेका नेपालीले जनाएका छन् ।

विनोद छोराको रुपमा आमाबुबाका एक्ला सन्तान थिए। करिब ३ बर्ष अगाडि उनी ईपीएस भाषा उत्तीर्ण गरेर परिवारको लागि केही गर्छु भनी अठोट बोकेर कोरिया पुगेका थिए। सामान्य परिवारबाट रहेका विनोदका दुई दिदि र आफू पछिका दुई बहिनी रहेका छन्। उनको निधनको खबरले परिवारमा गहिरो धक्का परेको छ। यतिबेला उइजम्बु हस्पिटलमा रहेको उनको पार्थिव शरीर घर पठाउने प्रक्रिया चलिरहेको जनाइएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस