२०८३ भाद्र २३ गते मङ्गलवार | 2026 September 8th Tuesday

कान्तिपुरका मालिककी बुहारी बन्दै पूर्वमिस नेपाल श्रृंखला, सम्भवको भाईको इंगेजमेन्ट पुगिन्

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको परिवारमा बुहारी बनेर भित्रिने तयारीमा छिन् । उनी केही समययता कैलाशका छोरा सम्भव सिरोहियासँग प्रेम सम्बन्धमा छिन्।

विवाहको विषयमा दुवै पक्षका परिवारबीच आपसी सहमतिपछि इंगेजमेन्टसमेत भइसकेको चर्चा छ। अध्ययनका लागि अमेरिकामा रहेकी श्रृंखला केही दिनअघि नेपाल फर्किएकी थिइन् ।

उनी हालैमात्रै सम्भव सिरोहियाका भाइ अनुभव सिरोहियाको इंगेजमेन्ट समारोहमा सहभागी भइन् । सिरोहिया परिवारको तस्वीरमा पनि श्रृंखला छिन्। श्रृंखला पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाको छोरी हुन्।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस