२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

‘पियार’ मा मल्लिका र अनुजको रोमान्स ( भिडियो )

काठमाडौं । अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका निखिता थापा र गायक जनक ताम्राकार युगल गायन रहेको छ। हृदय स्पर्शी यस गीतमा शब्द, संगीत महेश ताम्राकारको रहेको छ भने प्रसन परियारको संगीत संयोजन रहेको छ।

उत्तम हुमागाईले छायाँकन गरेको यस गीतको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियोको निर्मात्री दिलु गुरुङ हुन्। भिडियो गायक ताम्राकारको युट्युव च्यानल ‘जनक ताम्राकार’ मार्फत सार्वजनिक भएको हो। यसअघि मल्लिका र अनुज अभिनित ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियो दर्शक स्रोता माझ लोकप्रिय भैसकेको छ।

भिडियो

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस