२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

शिक्षकका माग पुरा गर्न दबाब दिँदै एमालेले बुझायो सरकारलाई ज्ञापनपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । एमाले संसदीय दलका सचेतक महेश बर्तौला नेतृत्वको टोलीले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई ज्ञापनपत्र बुझाउँदै शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरी समस्याको निकास निकाल्दै तत्काल विद्यालय खोल्ने वातावरण बनाउन आग्रह गरेको हो ।

बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेको बताउनुभयो । उहाँले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेको जानकारी दिनुभयो । उहाँले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप्रति ध्यानाकर्षण गराउनुभयो ।

बर्तौलाले सरकारले छिटोभन्दा छिटो आन्दोलनरत शिक्षकसँग वार्ता गरेर समस्याको निकास खोज्नुपर्ने बताउनुभयो । सचेतक बर्तौलाले जवाफमा शिक्षामन्त्री राईले शिक्षकका माग सम्बोधनका लागि सकारात्मक ढंगले पहल गरेको बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस