२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एसियाली क्रिकेटमा नेपालसँग भिड्ने रुतुराज गायकवाड कप्तानीको यस्तो छ भारतीय टोली

काठमाडौं । एसियाली खेलकुद २०२३ का लागि रुतुराज गायकवाडको नेतृत्वमा रहेको भारतीय पुरुष क्रिकेट टोली बिहीबार हाङ्जाओ आएको छ । भोलि बिहान ६ः४५ बजेदेखि नेपाल र भारतबीच खेल हुनेछ । एसिया कपमा भिडेका यी टोलीबीच अक्टोबर ३ मा फेरि भिडन्त हुँदैछ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात (बीसीसीआई) ले ट्वीटरमा कप्तान रुतुराज गायकवाड र प्रशिक्षक वीभीएस लक्ष्मणको तस्बिर सेयर गरेर नेपालसँग खेल्न तयार रहेको बताएका छन् । भारतीय टोलीले आफ्नो पहिलो खेल अक्टोबर ३ मा नेपालसँग खेल्नेछ । आईसीसीको राम्रो र्याङ्किङका कारण टीम इन्डियाले यो प्रतियोगितामा सीधै क्वार्टर फाइनलबाट प्रवेश गरेको हो । नेपालले दुई टोलीसँग उत्कृष्ट जित दर्ता गराएर भारतसँग मुकाबिला गर्न आइपुगेको हो ।

ऋतुराज गायकवाड पहिलो पटक सिनियर टिमको कप्तानीमा देखिदैछन् । भर्खरै उनले अस्ट्रेलिया विरुद्धको दुई एकदिवसीय खेल खेल्ने मौका पाएका थिए । शृंखलाको पहिलो खेलमा उनले शुभमन गिलसँगै अर्धशतक बनाएर टोलीलाई उत्कृष्ट सुरुवात गराए । क्रिकेट एसियाड इतिहासमा भारतले तीन पटक सहभागिता जनाएको थियो । अन्तिम पटक सन् २०१४ मा इन्चोनमा एसियाड क्रिकेट भएको थियो । सन् २०१४ को इन्चोन एसियाली खेलकुदमा भारतले क्रिकेट प्रतियोगितामा भाग लिएको थिएन।

एसियाली खेलकुद (क्रिकेट एसियाड) २०२३ का लागि भारतीय पुरुष क्रिकेट टोली यस्तो छ ।

ऋतुराज गायकवाड (कप्तान), यशस्वी जैसवाल, राहुल त्रिपाठी, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, शाहबाज अहमद, रवि बिश्नोई, आवेश खान, अर्शदीप सिंह, मुकेश कुमार, शिवम मावी, शिवम दुबे, प्रभसिमरन सिंह (विकेटकिपर), आकाश दीप।

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस