२०८३ कार्तिक ५ गते बुधवार | 2026 October 21st Wednesday

महावीर पुनसहित भेट्रान कलाकारको भिडियो अस्तित्व सार्वजनिक [ भिडियोसहित ]

काठमाडौं । बाल मनोविज्ञानको कथामा बनेको भिडियो ‘अस्तित्व’ सार्वजनिक गरिएको छ। श्रेय अगस्तिको स्वर, संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रचना रहेको गीत राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। सुवास दाहालको प्रस्तुतीमा बनेको भिडियोमा नुर दाहाल, गौरी मल्ल, सपना पोखरेल, अन्जना कुइंकेल पाठक, सुगम भट्टराई, महावीर पुन (अतिथि कलाकार) र सुवास दाहालको अभिनय रहेको छ। सुवास दाहाल प्रतिभावान कलाकार हुन्।

भिडियोमा संकेत अगस्तिले निर्देशन, खेमनाथ खनालको क्रियटिभ निर्देशन, दिनेश पराजुलीको छायांकन र शिलन लम्सालको सम्पादन र कलर रहेको छ। भिडियो शिशिर भण्डारीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। भिडियो सार्वजनिक कार्यक्रममा सुगम नगर विकास समाजका अध्यक्ष कपिल उप्रेती, नुर दाहालका माता–पिता दिनेश दाहाल र अन्जु पोखरेल, समाजसेवी पासांग तामाङ, कलाकार शिशिर भण्डारी, सुगम नगर महिला समाजका अध्यक्ष यसोदा ढुंगेल, अपाङ्गता मानव अधिकार केन्द्रका जगदीश प्रसाद अधिकारी, लगायत थुप्रै व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अभिनेत्री गौरी मल्लले बाल कलाकार नुर दाहालको खुलेर प्रसंशा गरिन्। नुर दाहाल प्रतिभावान कलाकार हुन् । उनले यस अघि मेरी आमा प्यारी आमा, परिचय लगायतका भिडियोमा आफ्नो अभिनय कुशलता प्रस्तुत गरिसकेका छन्।

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस