२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपालगन्जमा कर्फ्यू खुकुलो, धार्मिक सद्भाव भड्काउनेलाई कडा कारबाही गरिने

बाँके । वुधबार दिउँसो बसेको सर्वपक्षीय बैठकले बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा लगाइएको कर्फ्यू खुकुलो बनाउने निर्णय गरेको छ। साम्प्रदायिक तनावका बढेको भन्दै स्थानिय प्रशासनले मंगलबार दिँउसो १ बजेदेखि लगाइएको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रुपमा हटाउन प्रयत्न गर्ने सर्वपक्षिय बैठकले निर्णय गरेको हो।

सामाजिक सन्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस