२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

टिकटकर जोडी आयुष र एलिजेले गरे ईन्गेजमेन्ट

Ticketkar couple Aayush and Alijay got engaged

काठमाडौं । चर्चित टिकटकर जोडी एलिजे जमाली र आयुष सिंह ठकुरीले ईन्गेजमेन्ट गरेका छन् । दुबईमा यी दुईले आफ्नो ईन्गेजमेन्ट समारोह सम्पन्न गरेका हुन्। ईन्गेजमेन्टको लागि केही दिन अघि आयुष दुबई पुगेका थिए।

यी दुईको ईन्गेजमेन्टको क्लिप्सहरु अहिले टिकटकमा भाइरल भईरहेका छन। दुवैले आफ्नो–आफ्नो अकाउन्टबाट ईन्गेजमेन्ट भएको जानकारी दिएका हुन्। एलिजे सधैँ बुर्कामा नै हुने भएकाले लाइभ हेर्ने कसैले पनि अहिलेसम्म उनको अनुहार देखेका छैनन्। ईन्गेजमेन्टको क्लिप्सहरुमा पनि एलिजेको अनुहार देखाईएको छैन।

एलिजे पाकीस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। आयुषलाई नै भेट्न भनी केही महिना अघि एलिजे आफ्नो परिवारको साथ नेपालसमेत आएकी थिईन्। सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो। पाकिस्तान र नेपाल दुई देशको नागरिक भएकाले पनि यो जोडीको प्रेमलाई लिएर दर्शकहरुमा कौतुहल थियो।

 

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस